Sun. Nov 24th, 2024

आजका मनैछुने तस्विरहरु (फोटो फिचर)

- फोटो फिचर

गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । तस्बिर : सन्तोष महतारा / रासस

काठमाण्डू, २०८० कात्तिक ८ गते बुधबार । 

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । दशैँको समयमा पाथीभरामा पूजापाठ गर्ने समय राम्रो हुनुएकाले यस समयमा भक्तजनहरुको सङ्ख्या बढ्ने गर्दछ । तस्बिर : दिलकुमार लिम्बू, रासस
मध्यपुर थिमि लायकू दरबारबाट हरेक वर्ष पापांकुशा एकादशी दिन निकालिने खाँ पिहा वईगु जात्रासँगै बालकुमारी र तलेजु भवानीको जात्रा गरिँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-१ स्थित भोटेचौर बजार र आसपासमा स्थानीय किसानले गरेको आलुखेती । तस्बिर : हरिराम भेटुवाल, रासस
सर्लाहीको सदरमुकाम मलङ्गवामा दसैँमा दुर्गा पूजाको लागि बनाएको मुर्ति बुधबार विर्सजनका लागि लगिँदै । तस्बिरः विश्वनाथ ठाकुर, रासस
महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा-२ मा अवस्थित बरूण सराेवरमा बुधबार दुर्गा माताको मुर्ति सेलाइँदै । तस्बिरः सञ्जीतकुमार मण्डल, रासस
शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला दशैँका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला दशैँका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
दुर्गा मुर्ति विर्सजनका क्रममा नेपालगन्जमा लाठी क्लबद्वारा बुधबार आयोजित लाठी खेल प्रदर्शन कार्यक्रममा लाठी प्रदर्शन गर्दै युवाहरु । तस्बिरः राकेशकुमार मिश्र, रासस
म्याग्दीको धवलागिरी गाउँपालिका-७ मच्छिमका छन्त्याल समुदाय ताकमकोतमा वडादशैँको अवसरमा पुुख्यौली नाच प्रदर्शन गर्दै । छन्त्याल समुदायले चाडपर्व, बिवाह, छेवार, किरीयामा मौलिक पुुख्यौली नाच प्रदर्शन गर्ने गर्दछन् । तस्बिर सन्तोष गौतम, रासस
मध्यपुर थिमि ‘लायकू’ दरबारबाट हरेक वर्ष पापांकुशा एकादशी दिन निकालिने खाँ पिहा वईगु जात्रामा सहभागी गुठियार । यसलाई पायो जात्रा पनि भन्ने गरिन्छ । दरबारमा विधिवत् रूपमा पूजा गरिएको भूईफसी (कुभिण्डो) लाई दरबारबाट निकालेर ईनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गराई बालकुमारी मन्दिर परिसरमा काट्ने जात्रालाई नै स्थानीय भाषामा खाँ पिहा वईगु जात्रा भनिन्छ । तस्बिर: रत्न श्रेष्ठ, रासस
Facebook Comments