Thu. Sep 19th, 2024

लकडाउनको देशभर व्यापक प्रभाव, उल्लंघन गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं, २०७६ चैत ११ गते मंगलबार

सरकारले जारी गरेको लकडाउनको देशव्यापी रुपमा व्यापक प्रभाव परेको छ ।

अरुवेला असाध्यै घुइचो हुने उपत्यकाका तिनै शहर काठमाडौं, ललितपुर र भक्तपुर आज विहानैदेखि शान्त देखिएका छन् । जुन यो समाचार तयार पार्दा सम्म कायमै छ । प्रहरीका सवारी साधन, एम्वुलेन्स, दमकल लगायतका अत्यावश्यक वहानहरु मात्र पातलो गरी सडकमा गुडेका देखिएका छन् ।

मानिसहरु सडकमा नभए पनि कही कही मोटर साइकलमा दौडिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बझाई गरेर फर्काईरहेका दृश्य पनि देख्न पाईन्छ । काठमाडौंको न्यूरोड, नयाँवानेश्वर, असन, कालीमाटी, चावहील, गोंगबू, कलंकी, कोटेश्वर लगायतका क्षेत्र पनि सुन्सान जस्तै छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा पर्न सक्ने प्रभाव तथा यसको नियन्त्रण र यसको जोखिमबाट बचाउन सरकारले आज मंगलबार विहानदेखि आउदो १८ गते विहान ६ वजेसम्म देशलाई लकडाउनमा लैजाने निर्णय गरेको हो ।

लकडाउनको प्रभाव विराटनगर, पोखरा, बीरगञ्ज, नेपालगञ्ज, धनगढी, धनकुटा, बीरेन्द्रनगर लगायतका क्षेत्रमा पनि परेको छ । ती क्षेत्रमा सुरक्षाकर्मीहरुको व्यापक प्रयोग गरिएको छ । अधिकांश मानिसहरुले हिजो सोमबार नै केही दिनका लागि दैनिक उपभोग्य सामग्रीहरु खरीद गरिसकेको हुँदा जनजीवनमा लकडाउनको प्रभाव सकारात्मक देखिएको छ ।

यसैबीच सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना बुटवलमा पक्राउ परेका छन् । प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।

सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना बुटवलमा पक्राउ परेका छन् ।

प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो । त्यस्तै लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिनु भएको समाचार अनलाईन खवरले छापेको छ ।

Facebook Comments