Thu. Sep 19th, 2024

चीनका लागि राजदूतमा प्रस्तावित पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

काठमाडौं, २०७६ चैत १० गते सोमबार

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको समय दिएको थियो । उक्त समय आज सकिएको हो । उहाँविरुद्ध कुनै पनि उजुरी नपरेपछि पाण्डेको नाम आजै सुनुवाइ गरिएको हो । गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments