Thu. Sep 19th, 2024

नेपाल आउन खोज्ने तीन सय नेपाली रातभर नाकामै राेकिए

काठमाडौं, २०७६ चैत ११ गते मंगलबार

नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेको भए पनि भारतका विभिन्न शहरबाट कैलाली कञ्चनपुरका नाका हुँदैआउने क्रमजारी रहेको छ । सोमबार राति ८.०० बजे धनगढीको त्रिनगर नाकामा आएका भण्डै तीन सय नेपालीहरु नेपाल जान पाउने आश गरेर बसेका छन् ।

भारतकाविभिन्न ठाउँबाट आएका नेपालीहरु नेपाल जान पाउनु पर्यो भनेर बसेका छन् । उनीहरु रातभर दुई देशको सीमा क्षेत्रको सडकमै बसेका छन् । नेपाल सरकारको आदेश नआउँदासम्म नेपाल पस्न दिन सकिदैन त्रिनगर प्रहरी चौकीकाप्रहरी नायवनिरीक्षक महादेव भट्टले बताउनुभयो ।

नेपाल जान पाउनु पर्यो भन्दै होहल्ला गरेर बस्नेमा सानासाना बालबालिका सहितका महिला समेत छन् । सोमबार साँझ पनि धनगढीको त्रिनगरबाट दुई हजार पाँच सय नेपाली नेपाल फर्किएका थिए । भारतका विभिन्न शहरबाट आएकाहरुको स्वास्थ्य परीक्षणका गरेर सोमबार विहान र दिउँसो गरेर दुई पटक नेपालीहरुलाई नेपालआउन दिइएको थियो ।

यस्तै सोमबार गड्डाचौकी नाकाबाट पनि ८९३ नेपालीहरु घर फर्किएका छन् । कञ्चनपुरैकै व्रहमदेवमण्डीबाट पनि ७५ जना नेपाली भारतबाट नेपाल आएका छन् ।

सोमबार लामो समय होहल्ला पछि भारतबाट आएका नेपालीहरुलाई स्वास्थ्यजाँच गरेर नेपालआउनदिइएको थियो । भारतबाट आएकाहरुले सीमामा रोकिनु परेपछि कि हाम्रो नागरिकता खोस नत्र नेपाल जान देउ भनेर होहल्लागर्ने गरेका छन् । नेपाल आउनेमा पाँच महिनाका बालबच्चा सहितकामहिलाहरु समेत छन् । उद्योग धन्दा बन्द भएपछि मुम्वईमा काम पाउन छोड्यो अनिफर्किएर आयौं पाँचमहिनाको बच्चाकाखमाबोकेर श्रीमानसंगै आएकी डोटीको सानागाउँकी शारदा परिवारले बताउनुभयो । उहाँको साथमा पाँचवर्षकी छोरी पनिथिइन ।

डोटीको केआइसिंह गाउँपालिका‐४ कार्की गाउँका डवलबहादुर कार्कीले पनि काम पाउन छाडेपछि नेपालआएको बताउनुहुन्छ । त्रिनगर नाकामा आउनेमा धेरै जस्तो भारतको मुम्वई र पुनाबाट आएकाहरु छन् । मुम्बईबाट आउनेहरु तीन दिनलगाएर नेपाल पुगेका हुन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments