Mon. Nov 25th, 2024

राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण

भिओके समाचार/काठमाण्डू, २०८० भदौ १४ गते बिहीबार । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालका नवनियुक्त राजदूत तथा स्थायी प्रतिनिधि लोक बहादुर थापाले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहकाबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार सम्पन्न सो कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments