प्रोत्साहन र अतिरिक्त भत्ता खारेज
काठमाण्डू, २०८० जेठ १५ गते मंगलबार । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिनुभएको हो ।
उहाँले सार्वजनिक खर्च पुनरवालोकन आयोग, २०७५ ले दिएका सुझावबमोजिम २० वटा संस्थाहरुलाई खारेज गर्ने घोषणा पनि गर्नुभयो । साथै समान प्रकृतिका संस्था एकापसमा गाभिने र प्रदेशमा समायोजन गरिने पनि उहाँले बताउनुभयो ।
अर्थमन्त्री महतले सार्वजनिक खरिदलाई सरलीकृत गर्ने, विद्युतीय बोलपत्रलाई प्राथमिकता दिइने र एकीकृत अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
Facebook Comments