Sat. Apr 27th, 2024

वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश-भिडिओसहित

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शुक्रबार वामपन्थी नेता घनश्याम भुसाललाई पार्टी प्रवेशका क्रममा स्वागत गर्नुहुँदै । तस्वीर: विमलबहादुर विष्ट, रासस

काठमाण्डौं, २०७९ पुस २९ गते शुक्रबार । नेकपा एमालेका पूर्व-उपमहासचिव तथा वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

 

Facebook Comments