Sun. Apr 28th, 2024

चीनका नवनियुक्त राजदूत छन सोङद्वारा राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश

- भिडियो समेत

भिओके समाचार/काठमाण्डौं, २०७९ पुस २९ गते शुक्रबार । नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त आवासीय राजदूत छन सोङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राजदूत छन सोङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा काठमाडौंस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारी र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किए लगत्तै छन सोङलाई चीन सरकारले नेपालका लागि नयाँ राजदूत नियुत्त गरेको हो ।

 

Facebook Comments