पैचिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले बृद्धि
काठमाण्डौं, २०७९ कात्तिक २७ गते आईतबार । पैचिङको यस वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्याङ्कले देखाएको छ ।
पैचिङ भन्सारका अनुसार यो तथ्याङ्क गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो ।
जनवरीदेखि अक्टोबरसम्म पैचिङको आयात २६.६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ ।
यस अवधिमा, सोलार व्याट्री, लिथियम-आयन ब्याट्री र विद्युतीय सवारी साधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन् ।
अक्टोबरमा मात्रै चीनको वैदेशिक व्यापार २५.२ प्रतिशतले वृद्धि भई ३०७.६६ अर्ब युआन पुगेको चीनले जनाएको छ । रासस/सिन्ह्वा
Facebook Comments