Mon. Apr 29th, 2024

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट

भिओके समाचार, २०७९ असोज ११ गते मंगलबार । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि असोज २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट भएको  छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो।

आज भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणका लागि बाँडफाँट गरिएको छ।

Facebook Comments