Fri. Apr 19th, 2024

धेरै घटेपछि थोरै बढ्यो नेप्से परिसूचक

भिओके समाचार, २०७९ असोज ११ गते मंगलबार । मंगलबार नेप्से परिसूचक १५.९२ अङ्कले बढेर १८३१.०५ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५४ प्रतिशतले बढेर ३५८.१४४ को विन्दुमा पुगेको छ । आज कूल २२९ कम्पनीका २१ लाख ७ हजार ७४२ कित्ता शेयर  ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज ११ वटा सूचक बढेका छन् । बैंकिङ ०.९९, व्यापार ०.९२, विकास बैंक १.६२, जलविद्युत् १.२८, फाइनान्स १.४६, माइक्रोफाइनान्स ०.९, जीवन बीमा ०.५८, उत्पादन र प्रशोधन क्षेत्र ०.३६, निर्जीवन बीमा ०.४३ र अन्य ०.६७ प्रतिशतले  बढेका छन् ।

मंगलबार सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९‍‍.९७ प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको ६.०७ प्रतिशत, अपर हेवाखोला जलविद्युतको ६.०३ प्रतिशत र हिमालयन पावर पार्टनरको ५.९९ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ४.६८ प्रतिशतले घटेको छ भने बेष्ट फाइनान्सको ३.६४ प्रतिशत, रुरु जलविद्युतको ३.४२ प्रतिशत र स्वरोजगार लघुवित्तको २ प्रतिशतले घटेको छ।

मंगलबार रिडी हाइड्रोपावरको सबैभन्दा धेरै २ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको २ करोड ६१ लाख, सानिमा माई हाइड्रोपावरको २ करोड २६ लाख र नेश्डो लघुवित्तको २ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्ड र होटल उपसमूह बाहेक ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, विकास बैंक र फाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

Facebook Comments