Mon. Apr 29th, 2024

भारी वर्षाका कारण नाइजरमा १ सय ७९ जनाको मृत्यु

नियामे, २०७९ असोज ८ गते शनिबार । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १ सय ७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १ सय ८५ बोरा चामल, १  सय ८५ बोरा कोदो र १ सय ६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २ लाख  ५० हजार ३ सय ३१ जना प्रत्यक्ष प्रभावित भएका थिए । सिन्ह्वा

Facebook Comments