Fri. Apr 26th, 2024

महिला विश्व सडक दौडको उपाधि डच स्टार भान भ्लुटेनलाई

वोलोङगोङ, २०७९ असोज ८ गते शनिबार । गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जित्नुभयो । साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भए पनि उहाँले सो उपाधि जित्नु भएको हो ।

सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारि वर्षा बीच १ सय ६४.३ किलोमिटर (१ सय २ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोक्नु भएको हो ।

इटालीकी सिल्भिया पर्सिकोले कास्य पदक जित्नु भएको छ ।

Facebook Comments