चीनका राष्ट्राध्यक्ष सी र रूसी राष्ट्रपति पुटिनबीच उज्वेकिस्तानमा भेटवार्ता
- शाङहाई सहयोग संगठन बैठकको चहलपहल
उज्वेकिस्तान, २०७९ भदौं ३१ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठनको बैठकमा सहभागी हुन उज्वेकिस्तान पुग्नु भएका राष्ट्राध्यक्ष सीले स्थानीय समय अनुसार सेप्टेम्बर १५ तारिख अपरान्ह समरकन्द राष्ट्रिय होटलमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको हो । सो भेटवार्तामा चीन-रूस सम्बन्ध र साझा अभिरूचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा वैचारिक आदानप्रदान भएको थियो ।
भेटवार्ताका क्रममा राष्ट्राध्यक्ष सीले यस वर्ष चीन र रूसले फलदायी रणनैतिक आदानप्रदान गरेर विभिन्न क्षेत्रको सहयोगलाई स्थिर रूपमा अघि बढाइएको भन्दै अन्तर्राष्ट्रिय मामिलामा घनिष्ठ समन्वय गरी अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको संरक्षण गरेको बताउनु भएको छ। दुई पक्षले शाङहाई सहयोग संगठन, ब्रिक्स मुलुक आदि बहुप्रारूपमा रहेको समन्वय र सहयोगलाई सबल पार्न जोड दिँदै राष्ट्राध्यक्ष सीले विकासोन्मुख मुलुक र नयाँ उदीयमान मुलुकको साझा हितको संरक्षणलाई विस्तृत बनाउने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिँदै राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीनको आर्थिक तथा सामाजिक विकासमा निरन्तर नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ। सीएमजी