Tue. Dec 24th, 2024

चीनका राष्ट्राध्यक्ष सीलाई उज्वेकिस्तानको “सर्वोच्च मैत्री पदक”

- शाङहाई सहयोग संगठन बैठकको चहलपहल

काठमाण्डौं, २०७९ भदौं ३१ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई उज्वेकिस्तानको “सर्वोच्च मैत्री पदक” प्रदान गरिएको छ । स्थानीय समय अनुसार सेप्टेम्बर १५ तारिख समरकन्द अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरजियोयेभले चिनियाँ राष्ट्राध्यक्ष सी लाई “सर्वोच्च मैत्री पदक”प्रदान गर्नुभएको हो।

सो पदक प्रदान गर्नुहुँदै उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरजियोयेभले भन्नुभयो, “आजको दिन महान अनि ऐतिहासिक दिन हो । राष्ट्रपति शाभकाट मिरजियोयेभले भन्नुभयो, राष्ट्राध्यक्ष सी चिनफिङलाई यो पदक प्रदान गर्न पाउनु मेरा लागि गौरव र सम्मानको कुरो हो । उज्वेकिस्तान र चीनबीचको आपसी मैत्रीलाई प्रवद्र्धन गर्न, दुई देशबीचको आपसी विश्वासलाई सुदृढ गर्न र द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन राष्ट्राध्यक्ष सीको महत्वपूर्ण योगदान छ । उज्वेकिस्तानका नागरिक उहाँलाई हार्दिक सम्मान गर्दछन् । सी आज विश्वकै महान र उत्कृष्ट राजनेता हुनुहुन्छ । उहाँको कुशल नेतृत्वमा चीनको आर्थिक तथा सामाजिक निर्माणमा महत्वपूर्ण उललब्धि हासिल भएको छ । खासगरी गरीबी निवारण विरुद्धको लडाईमा चीनले महान विजयी हासिल गरेको छ र चिनियाँ जनताले विगतको भन्दा अझ सुखद जीवन ज्यूने मौका प्राप्त गरेका छन् । चीनको उन्नती र विकाससंगै विश्वरंगमञ्चमा चीनको स्थान निरन्तर उच्च र प्रभावशाली हुँदै गएको छ ।”

“सर्वोच्च मैत्री पदक” ग्रहण गर्नुहुँदै राष्ट्राध्यक्ष सीले भन्नुभयो, “सर्वोच्च मैत्री पदकको लागि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यो सर्वोच्च पदक उज्वेकिस्तानका जनताद्वारा चीन उज्वेकिस्तानबीचको सम्बन्धलाई उच्च महत्वदिँदै चिनियाँ जनताप्रति उज्वेकिस्तानका जनताले दर्शाएको गहिरो मित्रताको प्रतिक हो । दुई हजार वर्ष पहिला नै दुई देशबीच रेशम मार्गको माध्यमबाट घनिष्ठ सम्बन्ध जोडिएको थियो । ३० वर्ष पहिले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि हाम्रो सम्बन्ध नयाँ उचाईमा पुगेको छ । दुई देशबीच व्यापकरुपमा रणनीतिक साझेदारीको विकास भएको छ । साथै विभिन्न क्षेत्रको सहयोगमार्फत दुवै देशले उच्च प्रतिफल प्राप्त गरेका छन् । यस्ता उपलब्धि केवल दुई देशको लागि मात्र नभएर मध्य एशिया र विश्वमै शान्ति र स्थिरताको रक्षा गर्न पनि यी उपलब्धिहरु सकारात्मक उर्जा हुन् ।”

राष्ट्राध्यक्ष सीलाई प्रदान गरिएको उज्वेकिस्तानको यो पहिलो सर्वोच्च विदेशी सम्मान हो । सीएमजी

Facebook Comments