Mon. Apr 29th, 2024

चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह, २०२२ भोलि सम्पन्न हुने

रमेश हतुवाली, काठमाण्डौं, २०७९ भदौं २९ गते बुधबार । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्र र चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले अनलाईनबाट सुरु गरेको चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह, २०२२ भोलि सम्पन्न हुँदैछ ।

नेपालस्थित अनलाईन प्रयोगकर्ता नागरिकहरुलाई मध्यनजर गर्दै चिनियाँ पर्यटन र संस्कृतिबारे जानकारी दिने उद्धेश्यले आयोजना गरिएको सो कार्यक्रममा चीनका हनान, तिब्बत, सियान, हैह, तुनह्वाङ्ग, निङस्या, सिल्क रोड, यल्लो रिभर कल्चर, गरिबी न्यूनीकरणका लागि अमूर्त साँस्कृतिक सम्पदा, ग्रामीण पुनरुत्थान र शहर निर्माण जस्ता महत्वपूर्ण पर्यटकीय तथा साँस्कृतिक शहर र क्षेत्रहरुको बारेमा भिडियो सामग्री प्रस्तुत गरिएको छ ।

सेप्टेम्वर १ तारिखदेखि सुरु भएको पर्यटन तथा संस्कृति सम्बन्धि कार्यक्रम मार्फत नेपाली जनताले राष्ट्रको आधुनिकीकरणको लागि पर्यटन र सँस्कृतिले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा बुझ्ने विश्वास आयोजक संस्थाहरुले गरेका छन् ।

कार्यक्रममा सहभागी नेपालीहरुले चीन र चीनका विश्व प्रसिद्ध पर्यटकीयस्थल र चिनियाँ संस्कृतिबारे बुझ्न यस किसिमको कार्यक्रम महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

Facebook Comments