Mon. Apr 29th, 2024

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको भेटवार्ता   

काठमाण्डौं, २०७९ भदौं २९ गते बुधबार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

Facebook Comments