Sat. Apr 26th, 2025 10:22:14

लिज ट्रस बेलायतकी प्रधानमन्त्री नियुक्त

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २१ गते मंगलबार । बेलायतमा कन्जर्भेटिभ पार्टीका नेता लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँ बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुनुहुन्छ ।

महारानी एलिजाबेथले उहाँलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराउनु भएको छ ।

सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो।

नयाँ प्रधानमन्त्री नियुक्त हुँदा लन्डनस्थित बकिङ्गम राजदरबारमा समारोह आयोजना गर्ने परम्परा यसपालि भङ्ग भएको छ। बीबीसी

Facebook Comments