Sat. May 4th, 2024

एक दशकपछि दशरथ रंगशालामा कन्सर्ट

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २१ गते मंगलबार । देशको एकमात्र अन्तर्राष्ट्रय स्तरको रंगशाला दशरथ रंगशालामा एक दशकपछि पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

असोज १५ गते शनिवारका दिन हुने कन्सर्टमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।

कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।

दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेजजस्ता पुरस्कार पाउनेछन् । विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप–ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो यस कन्सर्टको आयोजना गर्न लागेका हुन् ।

Facebook Comments