Mon. Apr 29th, 2024

चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह, २०२२ शुभारम्भ

विश्व सम्पदा सूचीमा सूचीकृत चीनको मोकाओ गुफामा कुँदीएका बुद्धका विशाल मुत्तिहरु

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्र र चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले अनलाईनबाट चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह, २०२२ को शुभारम्भ गरेका छन् ।

हजार बुद्धका गुफाहरू भएको चीनको सुन्दर तुन ह्वाङ शहरस्थित एक अद्भूत गुम्बा

नेपालस्थित अनलाईन प्रयोगकर्ता नागरिकहरुलाई मध्यनजर गर्दै अनलाईनबाट नेपालमा चिनियाँ पर्यटन तथा संस्कृति सप्ताहको शुभारम्भ गरिएको हो । सो कार्यक्रम अन्तर्गत यही सेप्टेम्वर १ तारिखदेखि १५ तारिखसम्म विभिन्न ५ वटा विषयवस्तुमा रंगिन साँस्कृतिक तथा पर्यटन कार्यक्रमहरु अनलाईनमार्फत देखाईने छ । त्यसरी देखाईने विषयहरुमा द सिल्क रोड, यल्लो रिभर कल्चर, गरिबी न्यूनीकरणका लागि अमूर्त साँस्कृतिक सम्पदा, ग्रामीण पुनरुत्थान र शहर निर्माण रहेका छन् ।

सो कार्यक्रम मार्फत नेपाली जनताले राष्ट्रको आधुनिकीकरणको लागि पर्यटन र सँस्कृतिले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा बुझ्ने विश्वास आयोजक संस्थाहरुले गरेका छन् ।


हजार बुद्धका गुफाहरू भएको चीनको सुन्दर तुन ह्वाङ शहरस्थित एक अद्भूत गुम्बा

 

 

Facebook Comments