नयाँबानेश्वरको अल्फाबिटा कम्प्लेसको अवैध संरचनामा महानगरले डोजर चलायो
काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । नयाँवानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनालाई काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको छ ।
अवैध संरचनाहरु हटाउने अभियानलाई तीव्र बनाउनु भएका मेयर बालेन शाह बिहीवार विहान वानेश्वर क्षेत्रको अनुगमनमा जाने क्रममा अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्नुभएको थियो ।
विवादपछि कार्यालय फर्किनु भएका मेयर शाह उक्त भवनको नक्सा र डोजर लिएर अल्फबिटा पुग्नुभएको थियो । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र अवैध रुपमा हालेको सटर हटाएको छ । त्यहाँ सञ्चालित फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।
Facebook Comments