Sun. Apr 28th, 2024

धेरै दिनको घटाइपछि ह्वात्तै बढ्यो शेयर बजार

काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । आज शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार ५५.८८ अंकले बढेर २०६५.८९ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२३ प्रतिशतले बढेर ३९८.१३ को विन्दुमा पुगेको छ । आज कूल २१५ कम्पनीका ६० लाख २६ हजार १ सय ९२ कित्ता शेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

आज १३ वटै सूचक बढेका छन् । आज कारोबार भएका सूचकहरूमा बैंकिङ १.२४, व्यापार ४.३८ , होटल तथा पर्यटन ३.११ , विकास बैंक ५.३२, जलविद्युत् ४.४३, फाइनान्स ७.३८,  माइक्रोफाइनान्स २.९८, जीवन बीमा १.५३ , म्युच्युअल फन्ड ०.६३, निर्जीवन बीमा ३.१६, उत्पादन र प्रशोधन क्षेत्र ०.४७, लगानी क्षेत्र २.८१ र अन्य ५.०९ प्रतिशतले  बढेका छन् ।

आज कुल १८० कम्पनीको शेयर मूल्य बढ्दा ४ वटाको घट्यो । यस्तै आज ७ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधी विद्युत्, रिभरफल्स पावर, पञ्कन्या माई हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Facebook Comments