Fri. Apr 26th, 2024

थप ८ सय ८८ जनामा कोरोना संक्रमण

काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३७ जनाको परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यीमध्‍ये ३ हजार १ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय २७ जना र २ हजार ५ सय ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments