पुर्णागिरी खानेपानी आयोजनाका लागि नगर विकास कोषद्वारा ऋण प्रदान
शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि रु. ५ करोड ३२ लाख १२ हजार ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको हो । एशियाली विकास बैंकको वित्तिय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत सो आयोजनाका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष देवेन्द्रराज ढुङ्गाना बीच आइतबार ऋण सम्झौता सम्पन्न भएको छ ।
सम्झौता कार्यक्रममा पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष ढुंगानाबाट वर्षौदेखि शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि आयोजना महत्वपूर्ण हुने भन्दै गुणस्तरीयरुपमा सयममा सम्पन्न गर्नेतर्फ प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका भिमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले सुरक्षित र सर्वसुलभ खानेपानीको उपलब्धता दिगो विकास लक्ष्यसंग समेत जोडिएको बताउँनु भयो । उहाँले आयोजनालाई सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकीय लगायतका पक्षबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले राम्रा पूर्वाधारयुक्त शहरहरुमा जनसंख्याको चाप बढ्दै गइरहेकाले खानेपानीका ठूला आयोजनाले शहरीकरणमा महत्वूर्ण भूमिका खेल्ने बताउँनु भयो । त्यसका लागि आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्ने र स्रोत विस्तारतर्फ समेत ध्यान केन्द्रित गर्नु पर्ने कार्यकारी निर्देशक सापकोटाले बताउनुभयो ।
उहाँले भिमदत्त नगरपालिका र कोषको सहकार्य लामो समयदेखि हुँदै आएको भन्दै नगरपालिकासंग सार्वजनिक नीजि अवधारणामा भिमदत्त कंचन मल ९व्यावसायिक भवन० आयोजना अगाडि बढिरहेकोमा समेत खुशी व्यक्त गर्नु भयो ।