Sun. Nov 17th, 2024

अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलरको क्षेप्यास्त्र दिँदै

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलर बराबरको सैन्य सहयोग गर्ने बताएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले पाँच करोड डलर बराबरको घातक तथा गैर घातक सैन्य सहयोग अन्तर्गत युक्रेनलाई मिसाइल (क्षेप्यास्त्र) पठाउने बताउनुभएको हो ।

‘हामीले गोलीगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले मानवीय सहायता अन्तर्गत युक्रेनी सरकार र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई थप दुई करोड ५० लाख डलर बराबरको सहायता उपलब्ध गराउने बताउनुभयो ।

रुसलाई आर्थिक रुपमा नाकाबन्दी गर्दै एक्लाउन अष्ट्रेलियाले सो सहयोग गर्न लागेको सीएनएनले उल्लेख गरेको छ । एजेन्सी

Facebook Comments