Mon. Dec 23rd, 2024

सैनिकमञ्च टुँडिखेलमा सेना दिवस भव्य रुपमा मनाईयो

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । नेपाली सेनाले आज भव्य रुपमा सेना दिवस मनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा नेपाली सेनाले विशेष समारोहको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नु भएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायत उच्च पदस्थ विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सेनाले कार्यक्रममा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विभिन्न कार्यक्रम आयोजना गरी सेना दिवस मनाइएको हो । उक्त समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र नेपाली सेना दिवस लेखेको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरेको थियो ।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, हवाइजम्प, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले प्रदर्शन गरेको थियो ।

सेनाले महाशिवरात्री बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै विभिन्न सांस्कृतिक झाँकी झल्कने गीत एंव नृत्य समेत प्रदर्शन गरेको थियो ।

 

उक्त समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजनाहरु, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षण, विश्व शान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापन सम्बन्धि विविध गतिविधिहरु झल्कने गरि मार्चपास प्रदर्शन समेत गरीएको छ ।

नेपाली सेनाले २०४७ साल देखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउदै आएको छ ।

फोटो :  श्याम रानामगर

Facebook Comments