Tue. Dec 24th, 2024

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर विरोध प्रदर्शन

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । रूसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्।

रूसी राजधानीमा नै युद्ध विरोधी नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्। रूसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन्। ती प्रदर्शनहरूमा रूसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ।

पाकिस्तान, अमेरिका, साउथ कोरिया, क्यानडा, इटली, पोल्याण्ड, डेनमार्क, इक्वेडर, अल्बानिया, टर्कीका मुख्य शहरमा युद्धको विरोध भइरहेको छ। रूसले केही महिनाको प्रयासपछि बिहीवार युक्रेनमाथि हमला गरेको छ।

रूसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शनिवार छैटौ दिन हो। रूसको निरन्तर प्रहारका बाबजुद सबै सहर आफ्नो नियन्त्रणमा रहेको युक्रेनी फौजले बताएको छ।

युक्रेनी सेनाले जवाफी कारबाहीमा ४ हजार ३ सय रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यो दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। युक्रेन सरकारको तथ्यांकअनुसार हालसम्म २ सय भन्दा बढी युक्रेनीको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढी घाइते भएका छन्। एजेन्सी

Facebook Comments