Fri. Sep 20th, 2024

ग्यास सिलिन्डर पड्किँदा ललितपुरको मंगलबजारमा एकै परिवारका चार जनाको ज्यान गयो

काठमाण्डौं, २०७८ कात्तिक २० गते शनिबार । ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उहाँकी ३५ वर्षीय छोरी अञ्जना ताम्राकार, ३५ वर्षकी बुहारी रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकारको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

छोरा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी छोरी सिर्जना ताम्राकार घाइते हुनुभएको छ । उहाँहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । उज्यालो अनलाईन

Facebook Comments