Sat. Sep 21st, 2024

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईद्वारा शपथ

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र कुमार राईले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले नवनियुक्त मुख्यमन्त्री राईलाई सपथ गराउनु भएको हो ।

मुख्यमन्त्री राईको सपथसँगै छ सदस्यीय मन्त्री मण्डल समेत विस्तार भएको छ ।

नवनियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्वाहाम्फे नियुक्त हुनु भएको छ ।

मन्त्रीहरूलाई प्रदेश प्रमुख अधिकारीले र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले सपथ गराउनु भएको हो ।

हिजो मात्रै निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख अधिकारीले आज १ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिनुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी) का नेता राईले पाँच दलको समर्थनमा ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा हिजो नै दाबी पेश गर्नु भएको थियो ।

सपथ ग्रहण पछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री राईले प्रदेश न १ को विकास निर्माणमा आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । यो सरकार गठबन्धनको सरकार भएकाले प्रदेश १ को हरेक कामलाई अघि बढाउन एउटा संयन्त्र बनाउने उहाँले बताउनुभयो । रेडियो नेपाल

Facebook Comments