Sat. Sep 21st, 2024

कर्णालीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त हुनुभएको छ । शाहीलाई प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेपछि शाहीले दाबी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७स्३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेपछि शाहीले दाबी पेश गर्नुभएको थियो ।

महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७स्३० बजे मुख्यमन्त्री पदवाट राजीनामा दिनु भएको थियो । प्रदेश प्रमुखले सोमबार नै उहाँको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिनुभएको थियो ।

 

Facebook Comments