Sat. Sep 21st, 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा राजीनामा

काठमाण्डौं, २०७८ कात्तिक १५ गते सोमबार । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनु भएको छ । सोमबार प्रदेश बासीलाई सम्बोधन गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रश्रस्त गरेको घोषणा गर्नु भएको हो । तीन वर्ष आठ महिनाको कार्य प्रगति सावर्जनिक गर्दै उहाँले राजीनामा दिनु भएको हो । २०७८ वैशाख २ गते सत्ता संचालनमा आलोपालो गर्ने सहमति भए अनुसार सोमबार मुख्यमन्त्री शाहीले राजीनामा दिनु भएको हो ।

सम्बोधनको क्रममा उहाँले अब सत्ता संचालनमा नेपाली काँग्रेसलाई सघाउने बताउनुभयो । उहाँले सत्ता गठबन्धनका लागि गरिएको सहमति पालना गर्दै इमानको राजनीतिका साथ सत्ता सहयात्री नेपाली काँग्रेसलाई मार्गप्रशस्त गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रदेश समृद्धको लागि सरकारले अभिभावकको रुपमा धेरै काम गरेको छ । सहमति अनुसार सत्ता सञ्चालनको मागप्रशस्त गरेको छु । नयाँ सरकारलाई आफ्नो र आफ्नो पार्टीले सहयोग पूर्ण रुपमा सहयोग गछौँ ।’ २०७४ फाुगन ३ गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले राजीनामा दिए पछि अब सत्ता गठबन्धनको सहयात्री काँग्रेसले मुख्यमन्त्रीको दावी गर्ने छ । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुहुनेछ । कर्णाली प्रदेशसभामा ३५ सदस्यीय कर्णाली प्रदेशसभामा एमालेको सभामुखसहित १३ जना, माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको छ , समाजबादी पार्टीका तीन र राप्रपाको एक जना प्रदेशसभा सदस्य छन् ।

यसैबिच संसदीय दलका नेता जीवनबहादुर शाहीले राम्रा कामको निरन्तरता दिदँै केही नयाँ कार्यक्रमहरु गर्ने बताउनु भएको छ । उहाँले २०७८ वैशाख २ गतेको सहमति अनुसार मुख्यमन्त्री शाहीले सहमति अनुसार राजीनामा दिएर राजनीतिक इमान्दारिता देखाउनु भएकोमा सहना गर्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments