Sat. Sep 21st, 2024

चीनका परराष्ट्र मन्त्री वाङ यी र विश्व व्यापार संगठनका महाप्रबन्धक इवेलाबीच भेटघाट

काठमाण्डौं, २०७८ कात्तिक १५ गते सोमबार ।

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले विश्व व्यापार संगठनका महाप्रबन्धक नगोजी ओकोन्जो इवेलासँग भेटघाट गर्नुभएको छ।

रोममा हिँजो आईतबार भएको सो भेटघाटमा वाङले राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक समूहको रोम शिखर सम्मेलनको पहिलो चरण सम्मेलनमा सम्बोधन गर्दै विश्व व्यापार संगठनलाई केन्द्रको रुपमा राख्ने बहुपक्षीय व्यापार प्रणालीको समर्थन गर्नुपर्ने, विश्व व्यापार संगठनको मन्त्रीहरूको १२औं सम्मेलनलाई सकारात्मक उपलब्धि हासिल गर्न अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो। साथै वाङले चीनले विभिन्न पक्षसँग मिलेर विश्व व्यापार संगठनको प्राधिकरण र प्रभावकारिताको संयुक्त रुपमा समर्थन दिने आशा लिएको कुरा बताउनुभयो।

इवेलाले चीन विश्व व्यापार संगठनमा संलग्न भएको बीसौं वार्षिकोत्सवको शुभकामना दिनुका साथै विश्व व्यापार संगठनले चीनको महत्वपूर्ण प्रभाव र निर्देश भूमिकामा उच्च महत्व दिएको, चीनसँग समन्वय गर्ने खास गरी विश्व व्यापार संगठनको मन्त्रीहरूको १२औं सम्मेलनमा चीनको समर्थन पाउनसक्ने आशा लिएको कुरा बताउनुभयो।

Facebook Comments