Sat. Sep 21st, 2024

१४औं पुष्प मेला सकियो, ७९ लाखको कारोबार, अनुमान गरेभन्दा बढी कारोबार भयो

काठमाण्डौं, २०७८ कात्तिक १५ गते सोमबार । १४ औँ गोदावरी पुष्प मेला प्रदर्शनीमा झन्डै ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एसाेसिएशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा झन्डै ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । एसाेसिएशनले ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो ।

यस्तै, अवलोकनकर्ताको सहभागिता पनि उत्साहजनक नै देखिएको बताइएकाे छ । प्रदर्शनीमा झन्डै ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा झन्डै ३८ हजार जनाले अवलोकन गरेको एसाेसिएशनका सचिव हिरामणि शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिएको थियो  । प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवाहरूकाे समेत प्रदर्शनी तथा बिक्री भएको छ ।

यसका साथै यस मौसममा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवाहरूको समेत प्रदर्शनीमा राखिएको थियो । उज्यालो अनलाईन

Facebook Comments