Mon. Apr 29th, 2024

बुद्ध मूर्तिले विश्वमा शान्तिको सन्देश प्रवाहमा भूमिका खेल्छ : राष्ट्रपति भण्डारी

काठमाण्डौं, २०७८ कात्तिक १४ गते आईतबार । भगवान् गौतम बुद्धको मूर्ति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीले अनावरण गर्नुभएको छ । म्यानमार सरकारको सहयोगमा भगवान् गौतम बुद्धको बहुमूल्य बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्म स्थल लुम्बिनी भएका कारण बुद्ध मूर्तिले विश्वमा शान्ति सन्देश प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

बहुमूल्य शिलाद्वारा बुद्ध प्रतिमा निर्माण गरी नेपाललाई उपहार प्रदान गरेर राष्ट्रिय गौरवको आयोजना समेत रहेको उक्त प्रतिमा स्थापना कार्यमा संलग्न लुम्बिनी गार्डेन फाउण्डेशन र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

हाम्रो देश नेपाल विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म स्थल हो । यस ऐतिहासिक क्षेत्रले बुद्धका शान्ति, अहिंसा, करुणा, सह अस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले गर्वको अनुभूति गरेको र गरिरहने उहाँले बताउनुभयो ।

बुद्ध जन्म स्थल यस पवित्र स्थल हामी बुद्धत्वको भावना अनुरूप हामी नेपालीको एक आपसमा सद्भावका साथ मिलेको हाम्रो इतिहास छ । यसले हाम्रो पहिचान मात्र स्थापित गरेको छैन विश्व समुदायलाई नै अहिंसा र शान्तिको शिक्षा दिइरहेको छ । बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसाथ गर्दा नै विश्वमा दिगो शान्ति कायम गर्दछ भन्ने लाग्ने उहाँले बताउनुभयो । उहाँले जन्म दिने आमा र जन्म स्थान महत्त्वपूर्ण हुन्छ भन्ने यसले प्रवाह भइरहेको बताउनुभयो ।

नेपालका लुम्बिनीमा नै बुद्ध अवतरित हुनुभएकाले यस स्थलको विकासको गतिलाई सघन हुनुपर्ने विषयलाई स्वभाविक रुपमा लिनुपर्ने उहाँको भनाई रहेको छ ।

बुद्ध मूर्ति अनावरण कार्यक्रममा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले नेपालको गौतम बुद्धमा भगवान् गौतम बुद्धको जन्म हुनु नेपालीका लागि अत्यन्तै ठूलो काम भएको बताउनुभयो ।

बुद्ध सन्सारकै लागि अनुकरणीय भगवान् गौतम बुद्धकै रुपमा स्थापित भइसकेको हुनुहुन्छ । बुद्धले आफ्नो जीवनकालमा महान् त्याग गरेर विश्व शान्ति र मानवको रक्षा र सहअस्तित्वका लागि अनुपम कार्य गर्नुभएको बताउनुभएको छ ।

नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म हुनु हामी सबैका लागि गौरवको विषय हो । उहाँको योगदान त्याग बलिदान समर्पण र सामञ्जस्यता र समन्वय मानवीय सभ्यताका लागि महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।

बुद्धका उपदेशहरूलाई कसरी हामीले सन्सार भरि पुर्‍याउने उहाँका सन्देशहरूलाई जीवनमा कसरी अनुसरण गर्ने भन्ने विषयमा सबै संवेदनशील बन्नुपर्छ म आग्रह गर्दछु नेपाल विविधताले युक्त भएको सुन्दर मुलुक हो हाम्रो विविधता छ यी विविधतालाई समन्वय गरेर अगाडी बढाउने उहाँले बताउनुभयो ।

बुद्ध मूर्ति अनावरण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीन, लुम्बिनी गार्डेन फाउण्डेशनका सचिव एकराज गिरी, म्यानमार सरकारका प्रतिनिधिहरू लगायतले मन्तव्य राख्नुभएको थियो ।

एउटै ढुङ्गा बाट म्यानमारका कारिगर भिक्षुहरुद्धारा निर्मित १.९ मिटर अग्लो बहुमूल्य बुद्ध मूर्ति म्यानमार सरकारको सहयोगमा, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा आएको हो । रेडियो नेपाल 

Facebook Comments