Mon. Apr 29th, 2024

टी-ट्वान्टी विश्वकप: भारत र न्यूजिल्याण्ड भिड्दै

काठमाण्डौं, २०७८ कात्तिक १४ गते आईतबार । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (आईतबार) दुई खेल हुँदैछन् । समूह २ अन्तर्गत पहिलो खेल अफगानिस्तान र नामिवियाबीच हुँदैछ भने दोस्रो खेलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

अफगानिस्तान र नामिवियाबीचको पहिलो खेलमा अबुधावीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज प्रतियोगिता अन्तर्गत तेस्रो खेल्न लागेको अफगानिस्तानले पहिलो खेलमा स्कटल्याण्ड हराएको थियो भने पाकिस्तानसँग हार बेहारेको थियो ।

यस्तै पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिविया आज दोस्रो खेलमा पहिलो जितको खोजीमा रहनेछ । दुबै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्ने दाउमा आज रहेका छन् ।

त्यस्तै, आज हुने दोस्रो खेलमा भारत र न्यूजिल्याण्ड दुई बलिया टिम आमनेसामने हुनेछन् । भारत र न्युजिल्याण्डबीचको खेल दुबईमा नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि शुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा दुबै टोली पाकिस्तानसँग पराजित भएका थिए । भारत पाकिस्तानसँग १० विकेटले पराजित हुँदा न्यूजिल्याण्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

आज दोस्रो खेल्न लागेको दुबै टोली आफ्नो पहिलो जितको खोजीमा रहनेछन् । एजेन्सी 

Facebook Comments