Mon. Apr 29th, 2024

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, दुईजना चालकको मृत्यु

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार ।  भारतीय सेनाको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुईजना चालकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमद्वारा जारी रिपोर्टका अनुसार, हिँजो २१ तारिख (बुधबार) भारत प्रशासित कश्मीरमा भारतीय सेनाको एउटा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका दुई जना चालकको मृत्यु भएको छ ।

“इंडिया टुडे” का अनुसार, भारतीय सेना को एउटा हेलिकोप्टर जम्मू-कश्मीरको उधमपुर जिल्लामा दुर्घटनाग्रस्त भएलगत्तै त्यसमा रहेका दुईजना चालकलाई अस्पताल पुर्याईएको थियो तर त्यसको केही समयमै उनीहरुको निधन भएको हो ।

Facebook Comments