Sat. Sep 21st, 2024

सन् २०२० दुबई विश्व एक्स्पो हुँदै

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । चिनियाँ व्यापार प्रवर्द्धन बोर्डले सेप्टेम्बर १६ तारिख पैचिङमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै चीन सन् २०२० दुबई विश्व एक्स्पोमा सहभागी हुने जनाएको छ। सन् २०२० दुबई विश्व एक्स्पो चिनियाँ हलका सरकारी प्रतिनिधि एवम् चिनियाँ व्यापार प्रवर्द्धन बोर्डका उपप्रमुख चाङ शन फङका अनुसार, उक्त एक्स्पो सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को अप्रिल १० तारिखसम्म आयोजना गरिनुपर्ने थियो। तर नयाँ कोरोना महामारीको असरले सो एक्स्पोलाई पछाडि सारिएको छ। नयाँ तालिका अनुसार, सन् २०२१ को अक्टोबर १ देखि सन् २०२२ को मार्च ३१ तारिखसम्म आयोजना गरिनेछ। साथै यथावत् रूपमा सन् २०२० दुबई विश्व एक्स्पो नै नाम दिइएको छ।

उपप्रमुख चाङ शन फङका अनुसार, चिनियाँ हलले सन् २०२१ को अक्टोबर १ तारिख शुभारम्भ समारोहको आयोजना गर्ने कार्यक्रम रहेको छ। त्यसपछि चिनियाँ हल औपचारिक रूपमा विश्वका विभिन्न मुलुकका पर्यटकका लागि खुला हुनेछ। सीआरआई

Facebook Comments