Sat. Sep 21st, 2024

कोभिड खोपबाट महिनावारीमा हुने गडबडीबारे अनुसन्धान गर्न आग्रह

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । कोभिड खोप लगाएपछि महिलाहरूको महिनावारीमा हुने गडबडी र अस्वाभाविक रक्तस्रावबारे महिलाहरूलाई आश्वस्त तुल्याउन अनुसन्धान गर्नुपर्ने, प्रजनन्‌बारे जानकार एकजना प्रमुख रोगप्रतिरोधी विज्ञले आग्रह गर्नुभएको छ।

बीएमजे जर्नलमा लेख्दै इम्पेलरिअल कलेज लन्डनकी डा. भिक्टोरिया मेलले भन्नुभएको छ- त्यो खोपका कारण भन्दा पनि शरीरको रोग प्रतिरोधी प्रतिक्रियाका कारण त्यस्तो भएको हुनुपर्छ।

खोपले गर्भ वा प्रजनन्‌मा केही असर पर्छ भन्ने प्रमाण छैन। यूकेको नियामक निकायले ३० हजारभन्दा बढी महिनावारी सम्बन्धी समस्याको गुनासो प्राप्त गरेको छ। तीनवटै मात्रा पछि महिलाहरूमा सामान्यभन्दा बढी रक्तस्राव, महिनावारीमा ढिलाइ र अस्वाभाविक रक्तस्राव देखिएको बताइएको छ। यूकेमा अहिलेसम्म ४ करोड ७० लाख भन्दा बढीलाई खोप दिइएको छ।

रिपोर्टहरूको समीक्षा गरेपछि नियामक निकाय द मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले कोभिड खोप र लक्षणबीच “सम्बन्ध छ भन्ने कुराको समर्थन गर्दैन” भनेको छ।

महिनावारीमा गडबडी हुनसक्छ। त्यो धेरै कारणले हुन सक्छ। त्यसबाट प्रभावित महिलाहरूको सङ्ख्या थोरै छ। भाइरसबाट सङ्क्रमित भएपछि र दीर्घ कोभिडबाट प्रभावितहरूमा पनि महिनावारीमा केही गडबडी देखिएको महिलाहरूले बताएका छन्।

ब्रिटिश मेडिकल जर्नल बीएमजेमा विचार लेख्द डा. मेलले भन्नुभएको छ, महिनावारीमा भएको गडबडीबारे गहिरो अनुसन्धान गर्ने हो भने त्यसले खोपबारे रहेको गलत सूचना खण्डन गर्न सहयोग पुग्न सक्छ।

युवतीहरूमा कोभिड १९ खोपले उनीहरूको भावी गर्भावस्थालाई असर पार्ला कि भनेर आनाकानी गर्दै आएका छन्। अहिले उठाइएका गुनासाहरूबारे अनुसन्धान गर्न विफल भए त्यस्तो डर झन् बढ्न सक्छ। बीबीसी

Facebook Comments