बेलायतका सबै सेनाले अफगानिस्तान छाडे
काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । अफगानिस्तानमा रहेका सबै बेलायती सेना स्वदेश फर्किएका छन् । विगत २० वर्षदेखि अफगानिस्तानमा रहेका आफ्ना सबै सेना स्वदेश फर्किएको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पुष्टि गर्नुभएको हो ।
अफगानिस्तानमा रहेका सेना र बेलायती नागरिकहरुलाई उद्धार गर्न पछिल्लो पटक काबुल पुगेका २ हजार सेना सहित अन्य सबै सेनाले शनिवार राती काबुल छाडेको प्रधानमन्त्री जोन्सनले बताउनु भयो ।
बेलायती रक्षामन्त्रीले पनि आफ्ना देशका सबै सेना लिएर विमान गएराती नै उडेको जानकारी दिनुभएको छ । बीबीसी
Facebook Comments