Fri. May 17th, 2024

९ करोड मूल्य बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई ९ करोड मूल्य बराबरको कोकिन सहित पक्राउ गरेको छ ।

भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामालाई पक्राउ गरेको थियो । प्रहरीले गामाको साथबाट २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ गरेको थियो ।

ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट गामालाई बिशेष सुचनाको आधारमा पक्राउ गरेको थियो भने कारोबारमा संलग्न भारतको बैंगलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै गामासँग कोकिन लिनका लागि आएको मौका छोपे समाएको थियो ।

यस्तै प्रहरीले सोही कारोबारमा संलग्न रहेका तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेको छ ।

उनीहरुबाट प्रहरीले समाएको कोकिनको मुल्य ९ करोड बराबरको रहेको बताइएको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेका उनीहरुलाई १५ बर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

Facebook Comments