Sun. Sep 22nd, 2024

अफगानिस्तानमा आफ्नो विजय भएको तालिबानको दाबी, राष्ट्रपति भवन नियन्त्रणमा

काठमाण्डौं, २०७८ साउन ३२ गते सोमबार । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भाग्नु भएको छ ।

तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: “अफगानिस्तानमा युद्ध सकिएको छ।” “हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,” उनले भने।

उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए।बीबीसी

Facebook Comments