Fri. May 8th, 2026

आफ्गान राष्ट्रपति गनी कहाँ हुनुहुन्छ ?

राष्ट्रपति अशरफ गनी

       

काठमाण्डौं, २०७८ साउन ३२ गते सोमबार । अफगानिस्तानका राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उहाँले तालिबान विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताउनु भएको छ ।

आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन्।

काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्। अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार