Sun. Sep 22nd, 2024

आफ्गान राष्ट्रपति गनी कहाँ हुनुहुन्छ ?

राष्ट्रपति अशरफ गनी

काठमाण्डौं, २०७८ साउन ३२ गते सोमबार । अफगानिस्तानका राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उहाँले तालिबान विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताउनु भएको छ ।

आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन्।

काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्। अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्। बीबीसी

Facebook Comments