Mon. Sep 23rd, 2024

मायाको हात समाउँदै चिनियाँ राष्ट्राध्यक्ष सी

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ बुवा आमाको सम्मान र श्रीमती तथा छोरीलाई निक्कै माया गर्नुहुन्छ। सी चिनफिङ आफ्नो परिवारलाई महत्वपूर्ण स्थानमा राख्नुहुन्छ।

उहाँले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा के बताउनुभएको छ भने मसँग एउटा निकै सुखी परिवार छ। म र मेरी श्रीमतीका आआफ्नो कार्य रहे तापनि हामीले सँगै मिलेर हाम्रो परिवारको निर्माण गरेका छौं।

सी चिनफिङ तथा श्रीमती फङ लीयुआनले एकआपसमा हात समातेर ३० वर्षभन्दा लामो समय बिताउनुभयो। उहाँको कार्यालयमा श्रीमती फङको फोटो राखिएको छ।

श्रीमतीले उहाँका साथमा पुरानो आबास क्षेत्र ल्याङ च्या ह फर्केर त्यहाँका बासिन्दाहरूसँग भेट गर्नुभयो। उहाँ दुईजनामा समान पोसाकसँगै भनाइ र गराइमा धेरै समानता र समन्वय रहेको छ।

उहाँहरूका विभिन्न क्षणबाट दम्पत्तिले एकताबद्ध भएर एकले अर्काको माया र हेरचाह गर्ने सुखी भावना स्पष्टसँग प्रतिबिम्बित भएको छ। सीआरआई

 

 

Facebook Comments