Fri. Sep 20th, 2024

राजनीतिक दलले जनतालाई सुखमय जीवन प्रदान गर्नुपर्ने राष्ट्राध्यक्ष सी को भनाई

काठमाडौं, २०७८ असार २३ गते बुधबार । “मानवजातिको प्रगतिको लागि महत्वपूर्ण शक्तिको रूपमा राजनीतिक दलहरूले सही दिशामा लगाउनुपर्दछ र राजनीतिक दलले जनतालाई सुखमय जीवन प्रदान गर्ने जिम्मेवारी लिनुपर्दछ।” जुलाई ६ तारिख आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरुका नेताहरुको शिखर सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले भिडियोमार्फत महत्वपूर्ण सम्बोधन दिने क्रममा यस्तो बताउनुभएको हो।

वर्तमान महामारी अझै जारी छ, मानव समाजले धेरै जोखिम र चुनौतीहरूको सामना गरिरहेको छ, र विभिन्न देशका मानिसहरू सुखमय जीवनको लागि व्यग्र प्रतीक्षा गरिरहेका छन्। साझा चुनौतीहरु समाधान गर्न र जनताको मागहरुलाई पूरा गर्नका लागि विभिन्न देशका राजनीतिक दलहरूले झन् ठूलो जिम्मेवारी लिनुपर्दछ। यस वातावरणमा, चिनियाँ कम्युनिष्ट पार्टीले हालसम्म आयोजना गरेको सबैभन्दा ठूलो ग्लोबल राजनीतिक पार्टी शिखर सम्मेलनलाई विश्वले अत्याधिक आशाका साथ हेरिरहेको छ।

१६० भन्दा बढी मुलुक र ५०० भन्दा बढी राजनीतिक दल तथा राजनीतिक संगठनका नेताहरु, दश हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त शिखर सम्मेलनमा भाग लिएका थिए। यस सम्मेलनको मुख्य विषय जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक दलको कार्यभार हो।

सी चिन फिङले राजनीतिक दलहरूको ऐतिहासिक जिम्मेवारीको बारेमा पाँच पक्षबाट विस्तृत रूपमा वर्णन गर्नुभयो: दिशा निर्देश, सहमति निर्माण, विकासको प्रवर्द्धन, सुदृण सहयोग र शासकीय सुधार। सीआरआई

Facebook Comments