Mon. Apr 29th, 2024

सक्छु

- मिना श्रेष्ठ सबि, खोटांग

काठमाडौं, २०७८ असार २० गते आईतबार ।

-मिना श्रेष्ठ सबि

धोका के भन्छौ, म आगोमाथि उभिन सक्छु
निष्ठुरी नभन हरपल, तिमीलाई सम्झिन सक्छु।

के का लागि साँचेका छौ त्यो तिम्रो यौवन
मागेर त हेर एकपटक, सबै सुम्पिन सक्छु ।

कम्जोर नसम्झ नारी हुँ क्षमता छ मसँग पनि
के ठान्छौ आफुलाई, जहिले बदला लिन सक्छु ।

यति कुरा बुझ, बाँधेर राख्दैमा हुदैन माया
जस्तै जञ्जिर पनि चुडालेर उम्किन सक्छु ।

छामेर हेर छातीभित्र ढुक्ढुकीको चालसँगै
मुटुको कुनै कुनामा पनि, म भेटिन सक्छु ।

Facebook Comments