युरोकपमा आज दुई खेल हुदै, इंग्ल्याण्डले युक्रेनको सामना गर्दै
काठमाडौं, २०७८ असार १९ गते शनिबार । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् ।
आज हुने पहिलो क्वाटरफाइनल खेलमा चेक रिपब्लिक र डेनमार्क अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा राति ९ः४५ बजे खेल्दैछन् ।यस्तै आज हुने अन्तिम क्वाटरफाइनल खेलमा युक्रेन र इंग्ल्याण्ड इटालीको स्टाडियो ओलम्पिकोमा मध्य राति १२ः४५ बजे भिड्दैछन् ।
पहिलो खेलमा डेनमार्कसँग खेल्न लागेको चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।
यस्तै, डेनमार्कले नकआउट चरणमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो ।
युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्दा चेक रिपब्लिक २ पटक विजयी भएको थियो ।
यस्तै, आजै हुने अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्याण्ड र युक्रेनबीचको खेल्दैछन् ।
इंग्ल्याण्ड उपाधि दाबेदार मानिएको तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दे अन्तिम ८ मा पुगेको हो भने युक्रेन स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
इंग्ल्याण्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा हुदाँ इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ ।