Sun. May 19th, 2024

ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा, चिली बाहिरियो

काठमाडौं, २०७८ असार १९ गते शनिबार । जारी ४७ औ कोपा अमेरिको क्वाटरफाइनलमा चिलीलाई पराजित गर्दै साविक विजेता ब्राजिल सेमिफाईनलमा प्रवेश गरेको छ ।

आज (शनिबार) बिहान पहिलो क्वार्टरफाईनलको खेलमा चिलीलाई १-० ले हराउँदै ब्राजिलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ शुरु भएको पहिलो मिनेटमै ब्राजिलका लुकास पाक्केटाले गोल गर्दा ब्राजिलले खेलमा अग्रता लिएको थियो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

तर खेलको ४६ औ मिनेटमा पाक्केटाले गर्नुभएको गोल निर्णायक बन्दा १० खेलाडीमा सिमिति ब्राजिलले चिलीलाई हराउदै जित हात पार्न सफल भएको हो ।
ब्राजिलले अब सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।

आजै भएको पहिलो क्वाटरफाइनलमा पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउदै सेमिफाइनलमा पुगेको हो । दुबै टोलीबीचको खेल ३-३ को बराबरी रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Facebook Comments