Fri. Nov 15th, 2024

पाइहथान जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरु गरेपछि चीनका राष्ट्राध्यक्षद्वारा बधाई पत्र

- १६ हजार मेघावाटको पाइहथान जलविद्युत आयोजना

काठमाडौं, २०७८ असार १४ गते सोमबार । चिनियाँ राष्ट्रपति सी चिन फिङले दक्षिणपश्चिम चीनमा निर्माधिन पाइहथान जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरु गरेपछि पहिलो उत्पादन इकाईलाई बधाई पत्र पठाउनु भएको छ ।

निर्माणाधिन अवस्थामा नै रहेको पाइहथान जलविद्युत आयोजनाले आज (सोमबार) २८ जुनदेखि विद्युत उत्पादन शुरु गरेको सञ्चालक चाइना थ्री ग्रोर्जेज कोर्पोरेसनले जनाएको छ । विद्युत उत्पादन शुरु गरेपछि राष्ट्राध्यक्ष सीले सोमबार बधाई पत्र पठाउनु भएको हो ।

चीनको दक्षिणपूर्वी क्षेत्रमा रहेको युन्नान र सछुवानको सिमामा रहेको चिन्सा नदीमा सो जलविद्युत आयोजनाको निर्माण भएको हो । निर्माणाधिन पाइहथान जलविद्युत आयोजनामा विश्व कै सबैभन्दा ठुलो एकल उत्पादन इकाई जडित आयोजना हो भने कुल उत्पादन क्षमताका आधारमा यो विश्वकै सबैभन्दा ठुलो आयोजना हो ।

यसको उत्पादन क्षमता १६ हजार मेघावाट हुने बताइएको छ ।

चीनको पूर्व-पश्चिम विद्युत प्रशारण परियोजना अन्तर्गत रहेको यो परियोजनाले सन् २०३० सम्म चीनमा रहेको कार्वनडाइ अक्साइड उत्सर्जनमा ह्रास गर्ने र सन् २०६० सम्म कार्वन तटस्थता गर्ने चीनले राखेको लक्ष्यमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । यसको उत्पादन क्षमता १६ हजार मेघावाट हुने बताइएको छ ।

चीनको पूर्व-पश्चिम विद्युत प्रशारण परियोजना अन्तर्गत रहेको यो परियोजनाले सन् २०३० सम्म चीनमा रहेको कार्वनडाइ अक्साइड उत्सर्जनमा ह्रास गर्ने र सन् २०६० सम्म कार्वन तटस्थता गर्ने चीनले राखेको लक्ष्यमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । एजेन्सी

Facebook Comments