Sun. Apr 6th, 2025 03:42:32

चिनियाँ राष्ट्राध्यक्ष सीले “जुलाई १ पदक” वितरण गर्नुहुने

काठमाडौं, २०७८ असार १४ गते सोमबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अनुमतिमा “जुलाई १ पदक” वितरण समारोह जुन २९ तारिख विहान पैचिङस्थित जनबृहत सभा भवनमा भव्यतका साथ आयोजना गरिनेछ। चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा भएको ऐतिहासिक अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले पहिलो पटक “जुलाई १ पदक” वितरण गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम छ।

चाइना मिडिया ग्रुप अन्तर्गत केन्द्रीय टेलिभिजन र सीजीटिएनका विभिन्न च्यानल, केन्द्रीय जन रेडियो र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विभिन्न फ्रिक्वन्सीहरुले सो समारोहको प्रत्यक्ष प्रसारण गर्ने छन्। सीआरआई

Facebook Comments