Sat. May 4th, 2024

चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा सँग-सँगै यात्रा गर्ने चीनको अपेक्षा

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । जुन १७ तारिख बिहीबार विहान ९ बजेर २२ मिनेटमा शनचौ १२ मानववाहक अन्तरिक्ष यान बोकेको छाङचङ २ एफ १२ क्यारियर रकेट प्रक्षेपण गरिएको छ। लगभग ५७३ सेकन्डपछि मानववाहक अन्तरिक्ष यानले रकेटबाट सफलताका साथ विभाजन भएर निर्धारित लीगमा प्रवेश गरेको छ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको मानवसहितको अन्तरिक्ष परियोजनाको प्रत्येक चरणले मानवजातिको अन्तर्राष्ट्रिय शान्तिको उपयोगमा चिनियाँ बुद्धि र शक्तिलाई योगदान पुर्‍याएको भन्दै निकट भविष्यमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा सँग-सँगै यात्रा गर्न सक्षम हुने बताउनुभयो।

प्रवक्ता चाउका अनुसार ५ बर्ष पछि शनचौ फेरि प्रस्थान गरेको छ, यो सातौँ पटक हो, यो अन्तरिक्ष स्टेशन चरणमा प्रवेश गरेपछि चीनको मानवसहित अन्तरिक्षको पहिलो कार्य हो। सीआरआई

Facebook Comments